पाकिस्तानी राजदूतलाई भेटेर चेम्बरले भन्यो, ‘दुई देशबीच बायर्स–सेलर्स मिट गरौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 02:16:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहबीच भेटवार्ता भएको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ सहितको पदाधिकारी टोली र राजदूतबीच दुई देशबीच आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको हो ।

छलफलमा अध्यक्ष श्रेष्ठले नेपालमा औद्योगिक तथा व्यवसायिक वातावरण बन्दै गएकाले नेपालमा जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, खानीलगायतका क्षेत्रमा लगानीकर्ता आकर्षित गर्ने गरी भूमीका निर्वाह गर्न राजदूत हैदरसँग आग्रह गरे । चीनले ८ हजार वस्तुमा दिएको भन्सार सुविधाका कारण पनि नेपालमा लगानीको उपयुक्त वातावरण बनेको भन्दै श्रेष्ठले व्यवसायिक वातावरण विस्तार गर्न नेपाली र पाकिस्तानी व्यवसायीबीच ‘बायर्स–सेलर्स मिट’गर्न प्रस्ताव गरे ।

राजदूत शाहले पाकिस्तानले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved