चेम्बर चुनावः ५५ पदमा ६३ जनाको उम्मेद्वारी, सहमतिको सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2021 | 09:59:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्शमा चुनावी माहोल बढेको छ । चैत २६ र २७ गते चेम्बरको ७० औँ वार्षिक साधारणसभा र आगामी नेतृत्वका लागि निर्वाचन हुने भएपछि ५५ पदको लागि ६३ जनाको उम्मेद्वारी परेको छ । 

६ वर्ष अघिसम्म भव्य चुनाव लाग्ने चेम्बरमा ६ वर्ष यता भने सहमतिमा नै नेतृत्व चयन हुँदै आएको छ । तर, यस पटक भने आकांक्षीहरु बढी हुँदा ५५ पदको लागि ६३ जनाको उम्मेद्वारी परेको हो । 

चेम्बरको विधान अनुसार वाणिज्य क्षेत्रबाट १५, उद्योग क्षेत्रबाट ९, जिल्ला चेम्बरबाट १५, नगर चेम्बरबाट १, बस्तुगत संघहरुबाट ९, संस्थागत उद्योग वाणिज्य संघबाट ३ र आवद्ध संघबाट ३ जना गरी ५५ जना सदस्य सुरुमा निर्वाचित हुने प्रावधान छ । यी निर्वाचित सदस्यहरुले नै अध्यक्षसहित पदाधिकारी चयन गर्ने प्रावधान छ ।

अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, जिल्ला उपाध्यक्ष, बस्तुगत उपाध्यक्ष, बाइ नेशनल उपाध्यक्ष र एक जना मानार्थ उपाध्यक्ष गरी चेम्बरमा ९ जना पदाधिकारी हुने व्यवस्था छ । 

प्रदेशसमेत गरी चेम्बरमा कुल ६२ जनाको कार्यसमिति हुनेछ । 

अध्यक्ष राजेशकाजी श्रेष्ठले ५५ जनाको लागि ६३ जनाको उम्मेद्वारी परेको र सहमतिको प्रयास पनि सँगसँगै अघि बढिरहेको बताएका छन् । व्यवसायीहरु विभाजित हुन नहुने भएकाले सहमतिमा नै नयाँ नेतृत्व चयनको प्रयास जारी रहेको उनको भनाई छ । अन्तिमसम्म यो प्रयास कायम रहने अध्यक्ष श्रेष्ठ बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved