महासंघको साधारणसभामा बरिष्ठ उपाध्यक्ष ढकालले दिएको १९ बुँदे मन्तव्यमा के छ ? (पूर्णपाठ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2021 | 06:03:38 PM मा प्रकाशित

laxmi  sunrise bank

यस सभाका सभापति एवं महासंघका अध्यक्ष श्री शेखर गोल्छाज्यू,

समुद्घाटन समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री 

श्री के.पी. शर्मा ओलीज्यू,

माननीय मन्त्रीज्यूहरू, 

माननीय सभासद्ज्यूहरु

संवैधानिक निकायका पदाधिकारीज्यूहरु

श्रीमान् मुख्य सचिवज्यू

श्रीमान् गभर्नरज्यू

नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीज्यूहरू,

महासंघका निवर्तमान अध्यक्ष्ँज्यू,

पूर्व अध्यक्ष्ँ एवं विशिष्ट सदस्यज्यू, 

पूर्व अध्यक्षज्यूहरू,

कुटनीतिक नियोगका महामहिमज्यूहरु

अन्तर्राष्ट्रिय संघ÷संस्थाका प्रतिनिधिज्यूहरू,

महासंघका उपाध्यक्षज्यूहरु

कोषाध्यक्षज्यू

प्रदेश महासंघका अध्यक्षज्यूहरू, 

कार्यकारिणी समितिका सदस्यज्यूहरू, जिल्ला, वस्तुगत तथा द्विराष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्षज्यू एवं प्रतिनिधिज्यूहरू, 

एशोसिएट क्ष्ँेत्रका प्रतिनिधिज्यूहरू,

प्रदेशका पदाधिकारीज्यू एवं सदस्यज्यूहरु

उद्योगी व्यवसायी मित्रहरू,  

पत्रकार वन्धुहरू,

महिला तथा सज्जन बृन्द ।

१. सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूबाट आफ्नो कार्य व्यस्तताको बाबजुद महासंघको निमन्त्रणालाई स्वीकार गरी प्रमुख अतिथिको रुपमा नेपालको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस—२०७७ को समुद्घाटन सभालाई सारगर्भित सम्बोधन मार्पmत निजी क्षेत्रलाई हौसला एवं मार्गदर्शन प्रदान गरी उत्साहित गर्नु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूमा महासंघ र सम्पूर्ण निजी क्ष्ँेत्रको तर्फबाट म हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछु । 

२. आजको यस समुद्घाटन समारोहमा उपस्थित हुनु भई समारोहको गरिमा एवं शोभा बढाई दिनु भएकोमा माननीय मन्त्रीज्यूहरू, माननीय सभासद्ज्यूहरु, संवैधानिक निकायका पदाधिकारीज्यूहरु, श्रीमान मुख्य सचिवज्यू, श्रीमान गभर्नरज्यू, सचिवज्यूहरु, महासंघका पूर्व अध्यक्षज्यूहरु, कुटनीतिक नियोगका महामहिम राजदूतज्यूहरू, महासंघका पदाधिकारीज्यूहरु, कार्यकारिणी समितिका सदस्यज्यूहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधिज्यूहरू, मुलुकभरबाट महासंघको यस ५५औं वाषर््ँिक साधारण सभामा भाग लिन आउनु भएका जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एशोसिएट क्षेत्रका प्रतिनिधिज्यूहरू, सञ्चारकर्मी मित्रहरू सहित सम्पूर्ण अतिथिगणमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

३. यस ५५ औं वार्षिक साधारण सभा र उद्योग वाणिज्य दिवस—२०७७ को अवसरमा व्यवसाय प्रवद्र्धन र संस्थागत क्ष्ँमता विकासमा उल्लेखनीय कार्य गरे वापत कदर सम्मान प्राप्त गर्नुहुने महासंघका सदस्य संघ जिल्ला÷नगरस्तरीय उद्योग वाणिज्य संघ र वस्तुगत संघका अध्यक्ष्ँज्यू एवं पदाधिकारीज्यूहरूमा हार्दिक बधाई ज्ञापन गर्दछु । यस किसिमको कदर सम्मानले संघ संस्थाहरुलाई आ—आफ्नो क्ष्ँेत्रमा थप उत्साहका साथ कार्य गर्न प्रोत्साहित गर्ने विश्वास लिएको छु ।

४. मेरो संयोजकत्वमा गठित कदर सम्मान समितिमा रही सहयोग गर्नुहुने मेरा सहकर्मी मित्रहरु उपाध्यक्षहरु श्री दिनेश श्रेष्ठजी, श्री अञ्जन श्रेष्ठजी, श्री रामचन्द्र संघईजीलाई धन्यवाद व्यक्त गर्दछु । यसैगरी समिति अन्तरगत गठित प्राविधिक विशेषज्ञ मुल्यांकन उप—समितिमा रही सहयोग गर्नु हुने महासंघका पूर्व महानिर्देशक डा. हेमन्त दवाडीजी र पूर्व सचिव श्री हरिहर सुवेदीजीलाई यस अवसरमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । 

५. साढे पाँच दशकको लामो यात्रामा महासंघ विभिन्न उकाली ओराली पार गर्दै मुलुकको आर्थिक वृद्धि, उद्योग व्यवसायको विकास तथा विस्तार एवं रोजगारी सिर्जना गर्ने कार्यमा क्रियाशील रहेको छ । देशको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढी योगदान गर्दै आएको निजी क्ष्ँेत्रको भूमिका जति प्रभावकारी हुन्छ त्यत्तिनै मुलुकको अर्थतन्त्र बलियो र चलायमान हुने मान्यतामा हामी आफ्नो कर्म क्षेत्रमा क्रियाशील रहेको कुरा म यस अवसरमा स्मरण गराउन चाहान्छु । 

६. कोरोना महामारीबाट हामीले आंकलन गरे भन्दा निकै गम्भिर प्रभाव परेको पर्यटन, घरेलु तथा साना उद्योग, यातायात क्ष्ँेत्रलाई पूर्व अवस्थामा फर्काउनको लागि हुनुपर्ने व्यवस्थाहरुको कार्यान्वयनको लागि नेपाल सरकार तथा सरोकारवाला पक्षहरुसंग महासंघले  निरन्तर रुपमा पहल गरिरहेको छ । कोरोना महामारीको संक्रमण अझै पनि कायमनै रहेकोले मानिसको स्वास्थ्य र अर्थतन्त्र दुवैलाई जोगाएर कार्य गर्नुुपर्ने चूनौती हाम्रो सामू विद्यमान छ । 

७. कोभिड १९ को महामारीबाट मुलुकको समग्र अर्थतन्त्र एवं उद्योग, व्यवसाय क्ष्ँेत्रमा परेको प्रभाव र अर्थतन्त्रलाई चलायमान बनाउन अवलम्बन गर्नुपर्ने नीति र उपायका बारेमा महासंघले राष्ट्रिय आर्थिक रुपान्तरण २०३० मार्पmत मुलुकको आगामी दशकको अर्थतन्त्रको प्रारुप तयार पारेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि पनि महासंघले सुझाव तयार गरिरहेको छ ।

८. महासंघले तयार गरेको आर्थिक रुपान्तरण २०३० जसलाई हामी भिजन पेपर पनि भन्ने गरेका छौ यो यसको कार्यान्वयन यथार्थरुपमा महासंघ, नेपाल सरकार एवं सरोकारवाला सवै निकायहरुसंग समन्वय, सहकार्य एवं सहभागिताबाट मात्रै सम्भव छ । हामीलाई आज खुशी लागेको छ कि सम्माननीय प्रधानमन्त्रीज्यूले यसको कार्यान्वयनमा प्रतिवद्धता जनाउनु भएको छ । 

९. यस समुद्घाटन पश्चातको सत्रहरुमा हामी माननीय अर्थ मन्त्रीज्यू, माननीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीज्यू र श्रम मन्त्रीज्यूहरुका साथै अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवज्यूहरुसंग यसै बिषयमा छलफल गर्दैछांै । यसको कार्यान्वयन र उद्यमी व्यवसायीहरुले भोग्नु भएका विविध समस्या तथा समाधानका उपायहरु बारे ती शत्रहरुमा छलफल हुनेछन । 

१०. गत वर्ष अर्थतन्त्र २ प्रतिशतले ऋणात्मक रह्यो । यस वर्षको पहिलो त्रैमासिक पनि त्यति सहज थिएन । तर अब सुधार हुदैछ । यो सुधारको निरन्तरताका लागि आगामी आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा के कस्ता प्रावधान आवश्यक हुनेछन त्यो बारे पनि हामी छलफल गर्नेछौ । 

११. गत वर्ष मौद्रिक नीति मार्पmत आएका धेरै प्रँवधानहरुले अर्थतन्त्र लयमा ल्याउन मद्दत गर्यो । जसमा पुर्नकर्जा, ऋणको पुर्नसंरचना र पुर्नतालिकीकरण मुख्य रुपमा रहेको थियो । तर लघु, घरेलु तथा साना उद्योग एवं पर्यटन र पर्यटन सम्वद्ध व्यवसायका लागि यस वर्षपनि विशेष कार्यक्रम आवश्यक हुनेछ । जुन कर्जा सहुलियत, कर छुट र नगद अनुदान समेत हुनसक्छ । 

१२. योसंगै संकट पछिको सम्भावना पनि हामीले खोज्नुपर्छ । विदेशबाट फर्केका युवाहरुलाई समेत स्वदेशमानै उनीहरुको शीप र दक्षता उपयोग गरी  आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिन्छ । हो यो काम सजिलो छैन तर असंभव पनि छैन । यसको लागि निजी क्ष्ँेत्र नेपाल सरकारसंग सहकार्य गर्न तयार रहेकोछ । 

१३. मुलुक प्रादेशिक संरचनामा गएपछि लगानी बढ्नु पर्ने हाम्रो अपेक्ष्ाँ हो । तर नीतिगत अस्पष्टता र शासकीय कार्य क्ष्ँेत्रमा देखिएका समस्याले अपेक्षाकृत लगानी आकर्षण हुन सकेको छैन । प्रदेश तथा स्थानीय तहबाट एकै प्रकारका करहरु लिने गरेको हुंदा व्यवसायीहरुले दोहोरो कर तिर्नु पर्ने अवस्था विद्यमान रहेकोछ । अर्को समस्या भनेको जग्गाको मुल्य निक्कै अकासिएको छ । यस्तो अवस्थामा विशेषगरी उद्योगीहरुको लागत निक्कै बढेको छ । त्यसैले पहिले नै घोषणा भएका औद्योगिक क्षेत्र लगायतका संरचनालाई प्रँथमिकताका साथ निर्माण गरिनुपर्छ । 

१४. वैदेशिक लगानी र गैर आवासीय लगानीलाई आकर्षित गर्न केही प्रावधानहरुमा सुधार आवश्यक छ । उदाहरणका लागि रकम  गैर आवासिय नेपालीले विदेशमा आर्जन गरेको नेपाल ल्याउदा कर लाग्ने प्रावधान छ । यसलाई हटाउनुपर्नेमा हाम्रो जोड छ । 

१५. मुलुकभित्र प्रशस्त लगानी र व्यवसायको थप विस्तार गर्न अहिलेको आयकर तथा मुल्य अभिवृद्धिकर (भ्याट) को दर परिमार्जन गरिनुपर्छ । संस्थागत आयकरको दर एउटै तोक्न सकिन्छ । विशेष प्राथमिकता प्राप्त उद्योगलाई त्यसैमा छुट दिन सकिन्छ । भारतले करको दरमा गरेको कटौतिलाई समेत आधार मानि दर घटाउनु आवश्यक भएको छ । 

१६. जिम्मेवारीपूर्वक व्यवसाय गर्दै आएका हामी निजी क्षेत्र राज्यबाट सम्मानित हुनुपर्दछ भन्ने महासंघको मान्यता रहेको छ । यही मान्यता अनुरुप नै महासंघले “सम्मानित निजी क्ष्ँेत्र समुन्नत नेपाल” को मूल नारालाई अगाडी सारेको छ । निजी क्ष्ँेत्रलाई हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन हुनै पर्दछ । 

१७. अव म धेरै समय नलिईकन पुनः एक पटक आजका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यूमा उहांको अमूल्य समय र उद्योगी व्यवसायीलाई प्रदान गर्नुभएको मार्गदर्शन र सरकारको प्रतिवद्धताका लागि हार्दिक आभार व्यक्त गर्दछु । उपस्थित माननीय मन्त्रीज्यूहरू, माननीय सभासद्ज्यूहरु, संवैधानिक निकायका पदाधिकारीज्यूहरु, श्रीमान मुख्य सचिवज्यू, श्रीमान गभर्नरज्यू, महासंघका पूर्व अध्यक्षज्यूहरु, कुटनीतिक नियोगका महामहिम राजदूतज्यूहरू, महासंघका पदाधिकारीज्यूहरु, कार्यकारिणी समितिका सदस्यज्यूहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधिज्यूहरू लगायत आदरणीय व्यक्तित्वहरुलाई यहाहरुको यस गरिमामय उपस्थितिका लागि धन्यवाद दिन चाहन्छु ।

१८. यस समारोहको लागि हल उपलब्ध गराई सहयोग गर्ने  शोल्टी होटल, उद्घाटन कार्यक्रमको प्रस्तुति एवं संयोजन गरी सहयोग पु¥याएकोमा प्रिज्मा एडभरटाइजिङ्ग लगायत उद्घाटन सत्रको अन्य कार्यक्रम संयोजनमा सहयोग पु¥याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु । 

१९. साथै ५५ औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस—२०७७ लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउनु हुने महासंघका सम्पूर्ण कर्मचारीहरूमा हार्दिक धन्यवाद दिंन चाहान्छु ।

धन्यवाद 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved