परिसंघ पुगेर चेम्बर अध्यक्षले भने, ‘सेयर ब्रोकर जस्तै घरजग्गा कारोबारीलाई पनि लाइसेन्स दिईनुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2021 | 01:44:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्शका नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नीजि क्षेत्रका संस्थाहरुले विगत देखि नै सहकार्य गर्दै आएको भन्दै आगामी दिनमा सहकार्यको अझ धेरै आवश्यकता रहेको बताएका छन् । 

कोभिडको पहिलो लहरमा नेपालको नीजि क्षेत्र एक भई अर्थतन्त्रलाई बचाई राख्न सरकारलाई संयुक्त सुझाव दिएको स्मरण गर्दै अध्यक्ष मोरले अब दोस्रो लहरको कोभिडको अवधिमा सुरक्षा मापदण्ड पालना गरी उद्योग व्यवसायलाई निरन्तर सञ्चालनमा ल्याउनुपर्ने बताए । 

पहिलेदेखि नै नीजि क्षेत्रले भन्दै आएको लकडाउन गरेर कोभिडबाट मुक्त हुन नसकिने भएकोले यसबाट बच्नको लागि सुरक्षाका उपाय र सावधानि यसको विकल्पको रुपमा रहेको उनको भनाई छ । सरकारले नीजि क्षेत्रलाई कोरोनाको खोप आयात गर्न दिनुपर्ने अध्यक्ष मोरले बताए । 

चेम्बरका नवनिर्वाचित अध्यक्ष राजेन्द्र मल्लले भाइचारा, मित्रता र सहकार्यका लागि परिसंघको निमन्त्रणा सुन्दर उदाहरण भएको भन्दै नेपालका नीजि क्षेत्रका संस्थाहरु एउटा सिक्काको दुई पाटा रहेको बताए । 

सरकारले नेपालको नीजि क्षेत्रलाई विगत र वर्तमानमा हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउँदै कोभिडबाट बच्न स्वास्थ्य मापदण्ड तयार गरी विभिन्न जिल्लामा भएका च्याप्टरहरुलाई पनि सक्रिय परिचालन गरिनुपर्ने उनको भनाई छ । नीजि क्षेत्रबाट सरकारलाई जाने सुझावहरुमा प्राय एकै प्रकारका सुझावहरु हुने भएकोले आगामी दिनमा संयुक्त सुझाव प्रस्तुत गर्न नीजिक्षेत्र तयार हुनुपर्ने अध्यक्ष मल्ले बताए । 

अध्यक्ष मल्लले राजश्व परामर्श बोर्डमा नीजिक्षेत्रको सहभागितालाई जोड दिँदै एकजुट भएर उद्योग व्यवसाय प्रवद्र्धन गर्न, सुलभ र सरल मूल्यमा सामान उपलब्ध गराउन संयुक्त पहल गर्नुपर्ने धारणा राखे ।

 थाहै नपाई मूल्य वृद्धि हुने र विचौलियाबाट मूल्यवृद्धि भएको प्रसंग उल्लेख गर्दै सेयर ब्रोकरको जस्तै घर जग्गाको कारोबारमा संलग्नलाई पनि लाइसेन्सको व्यवस्था गर्नुपर्ने उनको भनाई । 

छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले लकडाउन अहिलेको विकल्प नभएकोले नीजिक्षेत्रको आवाजलाई सहि ठाउँमा पु¥याउन सहकार्य अपरिहार्य रहेको बताए । चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले लकडाउन अन्तिम अस्त्र भएकोले सरकारले आम नागरिकलाई कुनै सुविधा प्रदान गर्न नसक्ने अवस्था सृजना भएमा मात्र लकडाउनको अवस्था आउने बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved