एमसीसीलाई स्वागत गर्नु पर्छ : अध्यक्ष गोल्छा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2021 | 04:23:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालले एमसीसी परियोजना अनुमोदन गर्नु पर्ने बताएका छन् ।  बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले राजधानीमा आयोजना गरेको  आर्थिक पत्रकार केशव गौतम सम्मान  तथा आर्थिक जर्नल ‘अर्थचित्र’ विमोचन कार्यक्रममा अध्यक्ष गोल्छाले एमसीसी देशका लागि आवश्यक रहेको यसले विकासमा भाइटल रोल खेल्नसक्ने भएकोले यसलाई  स्वागत गर्नु पर्ने बताएका हुन् ।

उनले एमसीसीमा आफ्नो केही स्वार्थ नरहेको बताउदै मुलुकको आर्थिक समृद्धिको स्वार्थ रहेको बताए । 

कार्यक्रममा  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तरलताको समस्या समाधान गरिनु पर्ने बताए । उनले भने 'कोभिड १९ को प्रभावले मुलुकको अर्थतन्त्रमा समस्या पारेको छ । यसका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सम्बोधन गरेको छ । तर, अहिले बजारमा तरलता (लगानीयोग्य रकम) अभावको समस्या देखिएको छ । यो समस्या बैंकले सम्बोधन गर्नुपर्छ ।'

सीडी रेसियोलाई छिटो भन्दा छिटो सम्बोधन गर्नुपर्ने उनले बताए। अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशत भन्दा माथि गरिसकेकाले थप लगानी गर्न नसक्ने अवस्थामा पुगिसकेकाले  यसले निजी क्षेत्र प्रभावित हुन पुगको बताए । व्यवसाय गर्नका लागि लगानीको अभाव हुन थालेकोले यस तर्फ राष्ट्र बैंकको ध्यान जान जरुरी रहेको उनको भनाई थियो । सरकार र निजी क्षेत्र एकै रथको दुई पाङ्ग्रा भएर अघि बढ्न तयार रहेको र मुलुकको आर्थिक विकासका लागि सरकारसँग हातेमालो गर्न निजी क्षेत्र सधै तयार रहेको उनले बताए ।

नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले  निजी क्षेत्रले मात्र नभई पछिल्लो समय सरकारले समेत आर्थिक पुनरुत्थानमा सक्रिय हुन नसकेको बताए। उनले भने ' जति गर्नुपर्ने थियो त्यति गर्न सकिएन । तर, मुलुकको आर्थिक पुनरुत्थानका लागि सार्वजनिक निजी साझेदारी अपरिहार्य छ ।' 

कोभिड १९ प्रभाव नेपालमा मात्र नभई सबै जसो मुलुकहरुमा परेको तथा अधिकांश मुलुकहरु विस्तारै उत्थानको चरणमा रहेकोले यसलाई नेपालले पनि चुनौतीको रुपमा नभई अवसरको रुपमा लिनुपर्ने  उनले बताए । सार्वजनिक निजी साझेदारीको रुपमा आर्थिक विकास तथा पुनरुत्थानमा लानुपर्ने उनको भनाई थियो ।

उनले भने 'सरकारले निजी क्षेत्रलाई सहजीकरण गरिदियो भने, नीतिगत व्यवस्था गरिदियो भने, लगानीको वातावरण मिलाइदियो भने अर्थतन्त्र उत्थानमा समस्या हुँदैन, छिटै आर्थिक पुनरुत्थानमा जान सकिन्छ । ' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved