पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए राष्ट्रिय गौरवका आयोजनासहित सबै निर्माणका काम रोक्ने महासंघको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2022 | 05:52:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्माण व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विकासलाई संकुचनमा ल्याउने खेल भएको बताएको छ । 

पेट्रोलियम पदार्थमा कर कटौती गर्नुको सट्टा अन्तराष्ट्रिय बजारलाई देखाएर मूल्य वृद्धि गरिनु भनेको उपभोक्ताको ढाड सेक्ने काम भएको महासंघले जनाएको छ । महासंघले पछिल्लो पटक पेट्रोलमा एकैपटक प्रति लिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ मूल्य वृद्धिले अत्यन्त रुग्ण अवस्थामा रहेको निर्माण उद्योग थप आक्रान्त बनेको जनाएको छ । 

इन्धनमा शतप्रतिशत मूल्यवृद्धि भएका कारण मुलुकभर संचालित राष्ट्रिय गौरवका आयोजनाहरू एवं अति जरुरीका निर्माण परियोजनाहरू पनि अब बन्द हुने स्थिति उत्पन्न भएको महासंघको ठहर छ । निरन्तर मुल्यवृद्धि भइरहेपनि सरकारले निर्माण व्यवसायीहरूलाई कुनै राहत दिन नसकेको महासंघले जनाएको छ ।

‘यसअघिकै मुल्यवृद्धिका कारण निर्माण उद्योगमा देखिएको विकराल समस्या समाधानका लागि सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम मूल्य समायोजन निर्देशिका जारी गर्ने विषयमा महासंघ र सरोकारवाला निकायबीच वार्ता भइरहेको समयमा हठात् भएको अप्रत्यशित एवं अत्यधिक मुल्यवृद्धिले महासंघ स्तब्ध भएको छ’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पेट्रोलियम पदार्थमा लिइने कर कटौती नगरी तथा चुहावटको समस्या समाधान नगरेर केवल अन्तर्राष्ट्रिय मुल्यलाई देखाउँदै एकोहोरो रुपमा निर्माण व्यवसायी सहित तमाम उपभोक्ताको ढाड सेकिने गरी भइरहेको मुल्यवृद्धिले देशको समग्र विकासमा अत्यन्त नकरात्मक असर पर्ने यस महासंघको ठहर छ ।’ 

निर्माण व्यवसायीलाई तत्काल राहत नदिए मुलुकभर संचालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरू र अति आवश्यक निर्माण परियोजनाहरू समेत बन्द गरी यसअघि स्थगित आन्दोलनका कार्यक्रम सहित एक हप्ताभित्रै थप सशक्त कार्यक्रम सार्वजनिक गर्न महासंघ बाध्य हुने चेतावनी पनि महासंघले दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved