सरकारले चलचित्र निर्माता व्यवसायीहरुलाई प्रोजेक्ट कर्जा दिनु पर्छ : गोल्छा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2022 | 08:23:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीहरुलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताएका छन् । मंगलवार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरन्जन फोरम र नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको चलचित्र गीत संगीतको सरोकार,कानून र करको अधिकार विषय कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्

उनले चलचित्र निर्माताहरुले घर धितो राखेर ऋण लिएर चलचित्र निर्माण गर्दा निर्माताहरुको निकै ठूलो क्षति भोग्नु गरेको बताए । अध्यक्ष
गोल्छाले उद्योग वाणिज्य महासंघले प्रोजेक्ट कर्जा चलचित्र निर्माता ,साना र मझौला उद्योगहरुको लागिसमेत माग गरेको बताए । उनले कोरोना महामारीको कारण भएको बन्दाबन्दी र निषेधाज्ञाको अवधिको विद्युत महशुल पूर्णरुपमा छुट तथा पुनः कर्जा उपलब्ध गर्ने काजगजात प्रक्रियागत हुने झनझटलाई सहज वातावरणको व्यवस्था गर्न सरकारसँग माग गरे । अध्यक्ष गोल्छाले नेपाल प्राकृतिक सुन्दरताले भरिएको भन्दै आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय सिनेमा छायाङ्कनको लागि समेत आकर्षणको केन्द्र बन्नसक्ने बताए ।

उनले भने ,‘अहिले चलचित्र निर्माताहरुले घर धितो राखेर ऋण लिनुपर्ने अवस्था छ । जसको कारण चलचित्र निर्माताहरुको निकै ठूलो क्षेति भोग्नुपरेको छ भने कतिपयको घरबार नै गएको स्थिति छ । चलचित्र निर्मातालाई प्रोजेक्ट लोन दिने सुविधा राज्यले गर्नु पर्ने छ । हामीले यस्तो खालको सुविधा अन्य साना र मझौला उद्योगहरुले पाउनुपर्छ भन्दै उठाउँदै आएका छौं । कोरोना महामारीको कारण भएको लकडान, बन्दाबन्दी र निषेधाज्ञाको अवधिको विद्युत महशुल पूर्णरुपमा छुट हुनुपर्ने कर्जा उपलब्ध गर्ने काजगजात प्रक्रियागत हुने झनझटलाई सहज वातावरणको व्यवस्था हुनुपर्ने,विद्युत मिहशुल मिनाहा हुनुपर्ने आवाज यो क्षेत्रका व्यवसायीहरुको छ । प्राकृतिक सुन्दरताले भरिएको नेपाल
आन्तरिक मात्रै होइन अन्तर्राष्ट्रिय सिनेमा छायाङ्कनको लागि समेत आकर्षणको केन्द्र बन्न सक्छ । तर चलचित्र छायाङ्कनको लागि खुला खरिएका क्षेत्रमा समेत छायाङ्कनमा समस्या खडा गरिएको गुनासो अहिले पनि बाक्लै आएका छन् । समस्याहरु धेरै छन् । सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमहरु शतप्रतिशत रुपमा कार्यान्वयन हुनसके मात्रै हदैसम्म समस्या समाधान हुने विस्वास रहेको छ । घोषणा गरेका नीति तथा कार्यक्रम सही रुपमा कार्यान्वयन गर्नुपर्छ । चलचित्रले हाम्रो सोचलाई प्रभावित बनाएको हुन्छ । राज्यप्रति मानिसहरुको सद्भाव र प्रेम हुन्छ त्योे चलचित्रको माध्यमबाट उठेको हुन्छ । त्यस कारण चलचित्रको विकास एकदमै आवश्यक छ । हामी सामाजिक प्राणी छौं । चलचित्रमा देखाएका धेरै कुराहरुबाट प्रभावित भएर सोच परिर्वतन  गर्ने भएकाले चलचित्रको विकास आवश्यक छ ।’

अध्यक्ष गोल्छाले  सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमहरु शतप्रतिशत रुपमा कार्यान्वयन हुनसके मात्रै चलचित्र क्षेत्रको समस्या समाधान हुने बताए । उनले चलचित्रले हाम्रो सोचलाई प्रभावित र राज्यप्रति मानिसहरुको सद्भाव र प्रेम चलचित्रको माध्यमबाट उठ्ने भएकाले चलचित्रको विकास आवश्यक रहेको दाबी गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved