उपाध्यक्ष अन्जन श्रेष्ठको प्रश्न, ‘अर्थतन्त्र संकुचनतर्फ उन्मुख छ, यसको निकास कसले दिने ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 10:34:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्र संकुचित हुँदै गएको वर्तमान अवस्थाको निकास कसले दिने हो भन्दै प्रश्न गरेका छन् । सोमबार बिहान ट्वीट गर्दै श्रेष्ठले अर्थतन्त्र संकुचनतर्फ उन्मुख हुनु वर्तमान सकारात्मक नभएको उल्लेख गरेका छन् । 

उनले घट्दो निर्यात, तरलता अभाव र ब्याजदर वृद्धि, घट्दो क्रयशक्ति, निरन्तर घटेको बजारको माग र औद्योगिक उत्पादनमा भएको गिरावट, घट्दो र अनिश्चित श्रमको अवसरले दीर्घकालिन रुपमा अर्थतन्त्रमा पार्न सक्ने गम्भीर असरतर्फ सचेत हुन अनुरोध पनि गरेका छन् । 

उपाध्यक्ष श्रेष्ठले बिग्रदो लगानीको वातावरण, उद्यमी व्यवसायीहरुमा छाएको नैराश्यता, राजश्व उठ्तीमा भइरहेको गिरावट र राष्ट्रिय ढुकुटी ऋणात्मक हुनु मुलुकका लागि चुनौती रहेको पनि बताएका छन् । 

‘कहिले, कहाँसम्म र कसले दिने हो निकास ?’ उपाध्यक्ष श्रेष्ठले प्रश्न गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved