प्रेम प्रसाद आचार्यको सम्झनामा नेपालगन्जमा शोकसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2023 | 02:08:05 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संसद भवन अगाडी आत्मदाह गरेका व्यवसायी प्रेम प्रसाद आचार्यको निधनको शोकमा नेपालगन्जका व्यवसायीहरुले शोक सभा आयोजना गरेका छन् । नेपाल उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीहरुले नेपालगन्जको धम्बोजी चोकमा बिहिबार शोक सभा गरेका हुन् 

व्यवसायीहरु आफ्नो पसल तथा व्यवसाय बन्द गरेर शोक सभामा सहभागी भएका थिए । शोक सभामा व्यवसायीहरुले मृतक आचार्य प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले आत्मदाह अगाडी सामाजिक संजाल मार्फत दिएका सुझावहरु कार्यन्वयन गर्न माग गरेका छन् । उनीहरुले धरासायी बन्दै गएको अर्थतन्त्र उकास्न सरकारसमक्ष आग्रह गर्न माग गरेका छन् 

शोकसभामा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यवसायीले आत्मदाह गर्नु पर्ने अवस्था आउनुमा सरकारका अव्यवहारिक र अनुचित निति नै कारण रहेको बताए। उनले सरकारका अव्यवहारिक र अनुचित नितिका कारण उद्योगरव्यवसाय धराशायी परेको बताउदै सरकारले गलत नीतिहरु सच्याउनु पर्ने बताए। 

मंगलबार संसद भवन अगाडी आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको थियो । मन्त्रिपरिषद्को बैठकले उनले उठाएका विषयमा छानविन गर्ने निर्णय गरेको थियो । सोहि अनुसार गृह मन्त्रालयले छानबिन समेत गठन गरिसकेको छ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved