सुनको कोटा दुरुपयोगको आरोपबारे छलफल गर्न बोलाइएको संघको बैठक स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 11:47:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रत्न तथा आभूषण संघको आजको बैठक स्थगित भएको छ । फागुन ९ गते आज दिनको २ः३० बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको सूचना सदस्यहरुलाई पठाइएको छ । 

संघले वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले सुनको कोटा दुरुपयोग भएको, कोटा प्रणाली खारेजीका लागि संघले आवाज उठाउनुपर्ने र कोटा दुरुपयोगमा संघकै जिम्मेवार व्यक्तिसमेत संलग्न रहेको भन्दै आवाज उठाउँदै आएका छन् । यस सम्बन्धमा संघका अध्यक्ष सुमनमान ताम्राकारले वरिष्ठ उपाध्यक्ष गुप्ताले आफूहरुले कोटा दुरुपयोग गरेको भन्ने आरोप लगाएको भन्दै स्पष्टिकरण सोधेका थिए । २०८० फागुन २३ गते २५ बुँदामा सोधिएको स्पष्टिकरणको जवाफ गुप्ताले बुझाएपछि उक्त जवाफमाथि थप छलफल गर्नुपर्ने भन्दै बैठक स्थगित गरिएको ब्यहोरा उल्लेख छ ।

यस विषयमा संघका महासचिव जयराम पाण्डेले भने आफूले अध्यक्षको निर्देशनमा बैठक स्थगितको सूचना प्रकाशित गरेर सदस्यहरुलाई पठाएको भन्दै स्थगितको कारणबारे अध्यक्षसँगै बुझ्न आग्रह गरे ।

अध्यक्ष सुमनमान ताम्राकार भने सम्पर्कमा आएनन् ।

यसअघि आजका लागि बोलाइएको बैठकको पहिलो एजेण्डा नै वरिष्ठ उपाध्यक्ष गुप्ताले उठाएका विषयमाथि छलफल गर्ने तय भएको थियो । ‘यस संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ता ज्यूलाई विभिन्न मितिमा संघबाट सोधिएका छलफल र स्पष्टिकरणका सम्बन्धमा उहाँका प्रतिक्रियाबारे छलफल गरि आवश्यक प्रक्रिया अघि बढाउने’ भनेर एजेण्डा तय भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved