निर्माण व्यवसायीले पाउनुपर्ने पैसा तत्काल निकासा गर्न महासंघ अध्यक्ष ढकालको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2024 | 02:58:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निर्माण व्यवसायीहरुले सरकारबाट पाउनुपर्ने पैसा तत्काल भूक्तानी हुनुपर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २५औ वार्सिकोत्सवमा बोल्दै महासंघका अध्यक्ष ढकालले निर्माण व्यवसायीहरुले सरकारबाट आफ्नो भुक्तानी चाडैं पाउनुपर्ने बताएका हुन् । 

अध्यक्ष ढकालले देशको विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्ने कुरा सरकारले बुझ्नु पर्ने बताउँदै सरकारले भुक्तानीमा ढिलाइ गर्न नहुने बताए । उनले हाल राज्यले व्यवसायीहरुलाई निर्माण कार्यको अरबौं रकम भुक्तानी गर्न नसकेको हुँदा व्यवसायीहरुले सप्लाई चेन, बैंक किस्ता एवं श्रमिकहरु लगायत करको ठूलो रकम भुक्तानी गर्न नसकी व्यवसायीहरु आर्थिक रुपमा समस्याग्रस्त बन्न पुगेको बताए । 

अध्यक्ष ढकालले निर्माण व्यवसायीहरुलाई बैंकहरुबाट सजिलै ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनु पर्नेमा पनि जोड दिएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved