सकियो श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सको लिलामीको सेयर बोलपत्र खोल्ने काम, कट अफ मूल्य कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 03, 2018 | 12:20:18 PM मा प्रकाशित

laxmi  sunrise bank

श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लिलामको शेयरको बोलपत्र खोलिएको छ। कम्पनीको बिक्रि प्रबन्धक तथा सेयर निष्काशनकर्ता सिद्दार्थ क्यापिटल कार्यालयमा मंगलबार बिहानदेखि बोलपत्र खोलिएको हो।  

लिलाममा साधारण शेयर तर्फ कुल १७५ आवेदन परेकोमा सबै योग्य भएको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ ।   संस्थागततर्फको शेयरमा  आबेदन नै परेन ।       लिलाममा राखिएको साधारण तर्फको शेयरको कट अफ मुल्य प्रति कित्ता १ सय ८६  कायम भएको छ।  लिलाममा सबै भन्दा धेरै २०२ र सबै भन्दा कम १ सय रुपियाँको आवेदन परेको थियो।  १ सय ८६ कट अफ मूल्य भएकाले १ सय ८६ कबुल गर्ने ९ जनाले समानुपातिक हिसाबमा शेयर पाएका छन् ।  जम्मा ५० जनाले कम्पनीको शेयर हात पारेका छन् । 

अब संस्थापक तर्फको शेयर पुन लिलाम गरिने भएको छ ।  यस पटक जो कोहिले पनि संस्थापक शेयरमा आवेदन दिन सक्ने छन् ।  कम्पनीले हकप्रद निष्काशन गर्दा  २ लाख ७७ हजार ९ सय ९६ दशमलव ५३ कित्ता  संस्थापक शेयर बिक्रि भएका छैनन्त  ।

हाल कम्पनीको चुक्ता पुंजी ३४ करोड ५४ लाख रहेकोमा ८३ प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ६३ करोड २० लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved