जनरल इन्स्योरेन्सको आईपिओ मेरोशेयरको मोबाइल एपबाट भर्न नमिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2020 | 11:18:54 AM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनी General Insurance Company Nepal  ले निष्काशन गरेको आईपिओमा मेरोशेयरको मोबाइल एपबाट आवेदन दिन नपाइने भएको छ । हालको एपमा आस्वा सुविधा नभएकोले एपबाट आवेदन दिन नपाइने भएको हो। 

सीडीएसले भदौ ३१ गतेबाट मेरोशेयरको एप सार्वजनिक गरेको भए पनि त्यो एप पूर्ण रुपमा संचालनमा आएको छैन। हाल एप बेटा भर्जन मै रहेको र एपको फुल भर्जन आएपछि मात्र एपबाट आईपिओमा आवेदन दिन सकिने सीडीएसले जनाएको छ । हाललाई वेबसाइट बाटै आईपिओ भर्नु पर्न  सीडीएसले जनाएको हो । त्यस्तै सीडीएसले मेरोशेयरबाट आईपिओ भर्दा पिन कोड अनिवार्य गरेको छ । 

यो पनि : 

यस्तो छ मेरोशेयरको पिन कोड सेट र परिवर्तन गर्ने तरीका, पिन बिर्सिए के गर्ने ?

जनरल इन्स्योरेन्सले असोज ११ गते आइतबारदेखि आईपिओ निष्काशन गर्न लागेको हो ।  कम्पनीले प्रति शेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्न गर्ने छ ।

जस मध्ये १ लाख २० हजार कित्ता शेयर कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ । यद्यपि कम्पनीको शेयर गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त देखिदैन । 

आईपिओमा लगानीकर्ताले छिटोमा असोज १४ गतेसम्म र सो अवधिसम्म पुरै आवेदन नपरेमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धकमा रहेको छ । 

जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी २ अर्ब, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व पुग्नेछ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved