सनराइज क्यापिटलले १ अर्बको 'ब्लुचिप फण्ड' संचालन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2020 | 04:27:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज क्यापिटलले 'सनराइज ब्लुचिप फण्ड' नामको सामुहिक लगानी कोष योजना संचालन गर्ने भएको छ । क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि  'सनराइज ब्लुचिप फण्ड' नामको म्युचुअल फण्ड संचालनको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

क्यापिटलले मङ्सिर १४ गते बोर्डमा आवेदन दिएको हो । क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई बराबरको १ अर्ब रुपैयाँ बराबरको योजना संचालन गर्न अनुमति मागेको हो । 

क्यापिटलले हाल सनराइज फर्स्ट म्युचुअल फण्ड संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved