हिमालयन डिस्टिलरीले १ सय प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2020 | 10:28:43 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन डिस्टिलरी Himalayan Distillery  ले लाभांश घोषणा गरेको छ  । कम्पनीको पुस २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ५० प्रतिशत बोनस शेयर र ५० प्रतिशत नगद लाभांश गरि कुल १००  प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले पुस २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved