
आशा लघुवित्त Asha Laghubitta Bittiya Sanstha ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २५ गते शनिवार नुवाकोटको ककनीमा सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । लघुवित्तले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १५ प्रतिशतले हुन आउने ३ करोड ४८ लाख ४३ हजार २ सय बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९४७३७ प्रतिशतले हुन आउने १८ लाख ३३ हजार ८ सय ५३ रुपैयाँ नगद गरि कुल १५.७८९४७३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै सभामा उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिको निर्णय गरि आवश्यक प्रक्रिया अगाडी बढाउने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।