३ वाणिज्य बैंक सहित ६ कम्पनीको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2020 | 09:37:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा वाणिज्य बैंक सहित ६  कम्पनीको शेयर मूल्य समायोजन भएको छ  । गत शुक्रबार ३ वटा बाणिज्य बैंक सहित ४ वटाको  र आज आइतबार एक हाइड्रो कम्पनी तथा एक लघुवित्त गरि ६ कम्पनीको शेयर मूल्य समायोजन भएको हो  

शुक्रबार प्रभु बैंक, एभरेष्ट बैंक र नेपाल बंगलादेश बैंकको शेयर मूल्य समायोजन भएको हो  । समायोजनपछि यी बैंकको शेयरमूल्य क्रमश ३४१, ६८१, र २५० रुपैयाँ कायम भएको छ  । समायोजन अगाडी यी बैंकको शेयर मूल्य क्रमश ३७५, ७१५ र २६५ रहेको थियो  । प्रभु बैंक, एभरेष्ट बैंक र नेपाल बंगलादेश बैंकको क्रमश १० प्रतिशत, ५ प्रतिशत र ६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो  । 

यी ३ बैंकले साधारणसभा प्रयोजनको लागि पुस १० गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउन सक्ने छन् । प्रभु र नेपाल बंगलादेशले पुस २६ मा र एभरेष्टले पुस २७ मा  साधारणसभा आह्वान गरेका छन् । 

शुक्रबार नै आरएसडीसी लघुवित्तको ९ प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । समायोजन अगाडी कम्पनीको शेयर मूल्य ६३३ रहेकोमा समायोजनपछि कम्पनीको शेयर मूल्य ५८१ कायम भएको छ । 

त्यस्तै आशा लघुवित्त र सिनर्जी पावरको पनि शेयर मूल्य समायोजन भएको छ । आशाको १५ प्रतिशतमा र सिनर्जी पावरको ४.७५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि आशा र सिनर्जीको मूल्य क्रमश ८७० र २०७ कायम भएको छ । समायोजनपछि यी कम्पनीको शेयर मूल्य क्रमश १००० र २१७ थियो । 

यी कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउन सक्ने छन् । आशाले पुस २५ गते र सिनर्जीले पुस २२ गते साधारणसभा आह्वान गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved