बुक विल्डिङ्ग विधिबाट निष्काशन हुने आईपिओको मूल्य तोक्न थप १८ कम्पनीलाई स्वीकृति

स्टक डिलर पनि समावेश
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2021 | 04:39:42 PM मा प्रकाशित

laxmi  sunrise bank

बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न थप १८ कम्पनीले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले आज बुधबार थप १८ कम्पनीलाई स्वीकृति दिएको हो ।

यसै संगै यस्तो स्वीकृति पाउनेको संख्या  ६४ पुगेका छन् । यस अघि बोर्डले  एक साथ ४६ कम्पनीलाई स्वीकृति दिएको थियो  । 

आज स्वीकृति पाउनेमा नागरिक स्टक डिलर, नागरिक लगानी कोष, एनएमबि बैंक लगायत रहेका छन् ।   

बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नु पर्नेछ । खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्नेछ। संस्थागत लगानीकर्तालाई निष्काशन गरेको धितोपत्र बजारमा सूचिकरण भएको मितिले छ महिना सम्म बिक्री वा हस्तान्तरण गर्न सक्ने छैन । 


हेर्नुस सूची: 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved