राष्ट्र उत्थान लघुवित्तको आईपिओ प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 01:56:51 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र उत्थान लघुवित्तले आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको आइतबार सम्पन्न साधारणसभाले  कम्पनीको हाल कायम जारी पुँजीको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो 

सभाले  मर्जर तथा प्राप्ति समबन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गरेको छ । सभाले आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन तथा सम्पूर्ण आर्थिक तथा वित्तीय प्रतिवेदन छलफल गरि पारित गरेको छ । सभाले अघिल्लो वर्ष लेखापरीक्षकलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गरेको छ भने आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ 

लघुवित्तको संस्थापकमा राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल ग्रामिण विकास संस्था लगायत रहेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved