मेरोशेयरको लागि २ वटा सर्भर थपियो, अब समस्या नआउने विश्वास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2021 | 10:44:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएससीले मेरोशेयरको सर्भर थपेको छ । सिडीएसले मंगलबार राति २ वटा सर्भर थपेर डाटा माइग्रेसनको काम गरेको हो  । सर्भर थप्ने तथा डाटा माइग्रेसन कार्यको लागि मंगलबार राति मेरोशेयरको सेवा अवरुद्द भएको थियो 

सिडीएसले मेरोशेयरमा चाप बढेपछि आएका प्राविधिक समस्या समाधान गर्न आकष्मिक रुपमा थप सर्भरहरु जडान गरेको हो । सिडीएसले यो अल्पकालीन भएको र दिर्घकालिन समस्या समस्या समाधानको छुट्टै ब्यबस्था हुने जनाएको छ । सिडीएसका अनुसार म्याक्स इन्टरनेशनलले उपलब्ध गराएको सर्भर डिआईडीसीमा होस्ट गरिएको हो 

सिडीएसका अनुसार अब सिस्टममा  पहिलेको जस्तो समस्या आउने छैन । केहि ट्युनिङको काम अझै बाँकि रहेकोले छोटो समयको लागि केहि सामान्य समस्या देखिन सक्ने भएपनि सेवा नै प्रभावित हुने खालको समस्या नआउने सिडीएसले जनाएको छ ।  

सिडीएसले चैत्र ५ गते मेरोशेयरको सर्भर अपग्रेड गर्नको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको थियो । सर्भर तत्काल आवश्यक पर्ने भएकोले सम्झौता भएको ७ दिनभित्र सर्भर दिन सक्ने कम्पनीले मात्र आवेदन दिन सिडीएसले आग्रह गरेको थियो। सर्भर अपग्रेडको लागि सीएएस ट्रेडिङ, साइपर टेक्नोलोजी, दृष्टि टेक, म्याक्स इन्टरनेशनल, सश्त्र नेटवर्क सोलुसनले प्रस्ताव पेश गरेका थिए। जस मध्ये म्याक्सको प्रस्ताव छनौट भएको हो । 

सर्भर थप्ने तथा डाटा माइग्रेसनको लागि मंगलबार मेरोशेयरको सेवा अवरुद्द भएपछि मंगलबार शेयर कारोबार भई १८ गते राफसाफ भईसक्नु पर्ने कारोबारको हकमा शेयर ट्रान्सफर (ईडिआईएस) गर्ने समय बढाईएको छ  । जस अनुसार आज बेचिएको शेयरको ईडिआईएस चैत्र १८ गते बिहान १० बजेसम्म गर्न सकिने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved