नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2021 | 10:17:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको १६.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.५ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समिति र नेपाल सरकारले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो । 

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved