सन नेपाल लाइफले प्रिमियममा आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2021 | 09:21:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक सााधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आ.व २०७५÷०७६ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७५÷०७६ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन पारित गरेको छ  ।  

साधारण सभाबाट स्वतन्त्र संचालकको नियूक्ति, लेखापरिक्षकको नियूक्ति एवम् प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने प्रस्ताव सर्व सम्मतबाट पारित गरिएको कम्पनीले जनाएको छ।

उक्त साधारण सभामा संचालक नीतु क्यालको स्वागत मन्तव्य, शेयरधनी निरञ्जन कुमार टिवरेवालाबाट शुभकामना मन्तव्य र संचालक नारायण रुंगटाज्यूबाट धन्यवाद ज्ञापन गरिएको कम्पनीले उल्लेख गरेको छ। कम्पनीका शेयरधनी मध्ये १० जना प्रत्यक्ष उपस्थिति रहेको र अन्य शेयरधनीहरुको भर्चुअल उपस्थिति रहेको कम्पनीले जनाएको छ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved