अपि पावर कम्पनीको लाभांश घोषणा, हकप्रद पनि प्रस्ताव, भदौ २५ मा साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2021 | 08:06:57 AM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनी Api Power Company  लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार सम्पन्न संचालक समिति आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १०.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै बैठकले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरे पश्चात कायम हुने पुंजीको १:०.३९३६  को अनुपातमा हुन आउने ३९.३६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ । यद्यपि कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने छ । कम्पनीले ४० मेगावाटको माथिल्लो चमेलिया निर्माणको लागि रकम जुटाउन हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले भदौ २५ गते साधारणसभामा आह्वान गरेको छ । कम्पनीले साधारणसभा परयोजनको लागि भदौ १८ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved