बोनस र हकप्रद प्रस्ताव गरेको ङ्गादी ग्रुप पावरको साधारणसभा आह्वान, अर्को कम्पनीलाई गाभ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2021 | 08:53:24 AM मा प्रकाशित

laxmi  sunrise bank

ङ्गादी ग्रुप पावर Ngadi Group Power  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीको सोमबार सम्पन्न संचालक समितिको बैठकले असोज ३ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । 

साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन्  । कम्पनीले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २०  प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख १ हजार १ सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै साधारणसभामा हकप्रद प्रस्ताव पनि पेश हुने छ । कम्पनीले बोनस वितरण गरे पश्चात कायम हुने पुंजीको १:२ को अनुपातमा हुन आउने २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ । यद्यपि कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने छ ।

त्यस्तै साधारणसभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, संचालको अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन्  । साथै विशेष प्रस्तावमा कम्पनीले पर्बर्दन गरेको ७०.४० मेगावटको बझाङ अपर सेती PROR आयोजनाको प्रगति जानकारी गराउने, कम्पनीएल अन्य कम्पनीलाई गाभ्ने प्रस्ताव पारित गर्ने, प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ  । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ १८ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved