हाथवे इन्भेष्टमेन्टले आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2021 | 08:40:14 AM मा प्रकाशित

laxmi  sunrise bank

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो । 

कम्पनीले भदौ २५ गते शुक्रबार साधारणसभा आह्वान गरेको हो । साधारणसभामा कम्पनीले कम्पनीको हल कायाम चुक्ता पुंजी १ अर्ब १७ करोडको १२.५ प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता शेयर सर्बसाधारणलाई बिक्रि गर्ने विशेष प्रस्ताव पेश गर्न लागेको हो त्यस्तै कम्पनीले साधारणसभामा ३० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गर्ने छ । 

यी बाहेक सभामा वित्तीय विवरण पारित गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालकको निर्वाचन गर्ने, नियमन निकायबाट प्रबन्धपत्र र नियमावलीमा थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved