ओरियन्टल होटेलको साधारणसभा आह्वान, लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2021 | 07:48:52 AM मा प्रकाशित

laxmi  sunrise bank

ओरियन्टल होटेल Oriental Hotel  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १९ गते मंगलबार भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि सभा आह्वान गरेको हो । 

सभामा आर्थिक वर्ष ७७/७८ को वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने प्रस्ताव पेश हुने छन्  । त्यस्तै संस्थापक समुहबाट ४ जना, सर्बसाधारण समुहबाट २ जना र एक जना स्वतन्त्र संचालक चयन गर्ने प्रस्ताव पेश हुने छन्  । कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन  ।  

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ४ गतेदेखि १९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ  ।  असोज ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन्  ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved