गोर्खाज फाइनान्सको साधारणसभा फेरि स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2021 | 10:17:32 AM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खाज फाइनान्स Gurkhas Finance Limited आज भदौ २४ मा हुने भनिएको साधारणसभा स्थगित भएको छ । उच्च अदालत पाटनले साधारणसभा स्थगन गर्न अन्तरिम आदेश दिएपछि आदेश बमोजिम सभा स्थगित गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले यस अघि बैशाख २१ गते आर्थिक वर्ष ७६/७७ को साधारणसभा आह्वान गरेको थियो। तर नयाँ भेरियन्टको कोरोना संक्रमण बढेको र निषेधाज्ञा समेत जारि भएको अवस्थामा सभा स्थगित गरेको थियो । स्थगन भएको सो सभा आज भदौ २४ गते काठमाडौँको होटेल क्राउन इम्पेरीयलमा हुने तय भएको थियो । अदालतको आदेश पछि आज हुनु पर्ने सभापनि स्थगन भएको हो । 

सभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, संचालको निर्वाचन गर्ने प्रस्ताव पेश हुने कार्यसूची थियो। प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेश हुने कार्य सूची थियो । सभाले सर्बसाधारणबाट प्रतिनिधित्व गर्ने  ३ जना र संस्थापकबाट प्रतिनिधित्व गर्ने  ३ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने तयारी थियो  । 

 कम्पनीले साधारणसभाको लागि बैशाख ६ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । कम्पनीले लाभांश भने प्रस्ताव गरेको थिएँन ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved