डिप्रोक्स लघुवित्तद्वारा साधारणसभा आब्हान, एजेन्डामा मर्जर तोड्ने प्रस्ताव, बुक क्लोज तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2021 | 09:02:33 PM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स लघुवित्त वित्तीय सँस्थाको असोज १ गते बसेको संचालक समितिले यहि असोज १ गतेको लागि बार्षिक साधारणसभा डाकेको छ। आर्थिक बर्ष २०७७-०७८ मुनाफा र गत बर्षको संचित मुनाफाबाट प्रस्ताव गरेको लाभांश स्वीकृत गर्ने, आर्थिक बर्ष २०७७-०७८ को बार्षिक सेयर प्रतिवेदन स्वीकृत गर्ने, साधारण सेयरधनिहरुबाट तीन जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु मुख्य एजेन्डाका रुपमा रहेका छन्।

त्यस्तै बिशेष प्रस्तावमा नाडेप लघुवित्तसँगको मर्जर प्रकृया डीमर्ज गर्ने समेत रहेको छ। सेयर संरचना र कर्मचारीको पद समायोजनको बिषयमा असहमति भएकाले नाडेपसँगको मर्जर प्रकृया अगाडी नबढेको र मर्जर गर्न पनि नसकिने भएकाले यो बिषय राष्ट्र बैंकलाई जानकारी गराई सकिएकाले अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने र अहिलेसम्मका काम नियमन निकायहरुको निर्देशन अनुसार गराउनलाई संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत एजेन्डामा राखिएको छ। 

त्यस्तै अन्य लघुवित्त वित्तीय सँस्थासँग मर्जर तथा प्राप्ति गर्नलाई आवश्यक सम्पूर्ण प्रकृया अगाडी बढाउँनलाई पनि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने बिषय समेत एजेन्डामा राखिएको छ।  

डिप्रोक्स लघुवित्तले आर्थिक बर्ष २०७७-०७८ मुनाफा र गत बर्षको संचित मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

बुक क्लोज तय 

साधारणसभा प्रयोजनका लागि डिप्रोक्सले बुक क्लोज मिति पनि तय गरेको छ। असोज २३ गते हुने साधारणसभाका लागि यहि असोज १२ देखि असोज २३ गतेसम्म सेयर दाखेला खारेज बन्द रहनेछ भने असोज ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन तथा डिप्रोक्सले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन।  

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved