नेरुदे लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 10:20:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेरुदे लघुवित्त Nerude Laghubitta Bittiya Sanstha  ले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २१.४८ प्रतिशतले हुन आउने १० करोड ६१ लाख २२ हजार ४ सय २६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत १.१३ प्रतिशतले हुन आउने ५५ लाख ८५ हजार ३ सय ९० रुपैयाँ ८४ पैसा गरि कुल २२.६१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ४९ करोड ३८ लाख ७७ हजार रहेको छ । 

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved