हिमालयन रि इन्स्योरेन्सको साधारणसभाको लागि नयाँ मिति तय, आईपिओ निष्काशन गर्ने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2021 | 08:14:11 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रि इन्स्योरेन्सको स्थगित भएको प्रथम साधारणसभा कार्तिक २६ गते हुने भएको छ । कम्पनीले यस अघि कार्तिक १२ गते होटेल अलोफ्टमा सभा आह्वान गरेमा काबु बाहिरको परिस्थितिको कारण भन्दै स्थगित गरेको थियो । सोहि साधारणसभा अब  कार्तिक २६ गते शुक्रबार होटेल अलोफ्टमा हुने भएको हो ।

कम्पनीको साधारणसभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ  ।

त्यस्तै सभामा संचालकको निर्वाचन गर्ने, स्वतन्त्र संचालक नियुक्ति अनुमोदन गर्ने, संचालकको पारिश्रमिक, भत्ता , र सेवा सुविधा तोक्ने प्रस्ताव पनि पेश हुने छ । कम्पनीको साधारणसभा सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने प्रस्ताव पनि पेश हुने छ । कम्पनीको चुक्ता पुंजी १० अर्ब रहेको छ   जस मध्ये संस्थापकहरुको ७ अर्ब र सर्वसाधारणको ३ अर्ब रहने छ । अर्थात् कम्पनीले ३ अर्बको आईपिओ निष्काशन गर्ने छ   

यस कम्पनीले केपी ओली सरकारको पालामा लाईसेन्स पाएको हो । हिमालयन रि मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,  महासंघकाका पूर्व अध्यक्ष पशुपति मुरारकापूर्व अध्यक्ष भवानी राणानेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोरशंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवालकेएल दुगड ग्रुपका विकास दुगडएमभि दुगड ग्रुपका विवेक दुगडलक्की ग्रुपका रोहित गुप्ता लगायतका व्यक्तिहरुको लगानी रहेको छ। 

बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीको लागि प्रस्ताव माग गर्दा अन्नपूर्ण रिइन्स्योरेन्सकाठमाडौं रिइन्स्योरेन्सजेन्युन रिइन्स्योरेन्स,  प्रुडेन्सियल रिइन्स्योरेन्सर हिमालयन रिइन्स्योरेन्सले प्रस्ताव पेश गरेका थिए । त्यस मध्ये हिमालयनले लाईसेन्स पाएको हो  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved