आरएसडिसी लघुवित्तको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2021 | 04:21:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी लघुवित्त RSDC Laghubitta Bittiya Sanstha Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर १० गते शुक्रबार बुटवलमा साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गर्ने छ । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ९५ ९ सय ७६ हजार बराबरको  बोनस शेयर र कर प्रयोजन सहितको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५२ हजार ४ सय २० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा उक्त लाभांश बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी ७३ करोड १९ लाख ५९ हजार रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस संगै कार्तिक २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved