मुक्तिनाथ क्यापिटलको शत प्रतिशत हकप्रद प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2021 | 02:41:29 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा सम्पन्न भएको छ  ।  आज मंगलबार सम्पन्न विशेष साधारणले  १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । हकप्रद शेयर निष्काशन गरे पश्चात् क्यापिटलको पुँजि वृद्धि भई रु.४०.५० करोड पुग्नेछ । 

 मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले यस आर्थिक बर्ष देखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु तथा समेत संचालन गर्ने योजना रहेको जनाएको छ । त्यसैगरी यसै आर्थिक बर्ष भित्र मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रबद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना ब्यबस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजना समेत रहेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved