आईपिओको तयारीमा रहेको मुक्तिनाथ कृषि कम्पनीको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2021 | 08:36:32 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ कृषि कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २४ गते पोखरा महानगरपालिका नागढुंगा स्थित मुक्तिनाथ विकास बैंकको क्षेत्रिय् कार्यालय परिसरमा सभा आह्वान गरेको हो ।

सभामा सामान्य प्रस्ताव अन्तर्गत  सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/०७८ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरणहरु पारित गर्ने,  आ.व.२०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत सहायक कम्पनीहरु स्थापना गर्ने , सञ्चालक समितिका अध्यक्ष र संचालकहरुको बैठक भत्ता, दैनिक भत्ता, भ्रमण खर्च लगायतका सुविधाहरु वृद्धि थप गर्ने प्रस्ताव पेश हुने छ । कम्पनीले साधारण सभाको अवसरमा, कम्पनीको क्षेत्रीय कार्यालय, पोखराको उदघाटन कार्यक्रम गरिने पनि उल्लेख गरेको छ  ।  

कम्पनीले आईपिओ निष्काशन गर्ने तयारी पनि गरेको छ।  कम्पनीले आईपिओ निष्काशन गर्नको लागि मेगा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।  वि.स. २०७५ सालमा १ अर्व अधिकृत पुँजि र ४० करोड जारी पुँजि सहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । यसअन्तरगत सर्वसाधारणको लागि रु चार करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्काशन हुनेछ । आवश्यकता अनुसार  कम्पनीले जारी पुँजि बढाएर धेरै भन्दा धेरै सर्वसाधारणलाई जोड्ने लक्ष्य लिएको जनाएको छ । 

मुक्तिनाथ बिकास बैंक लि. लगायत नेपालका ८६३ जना भन्दा बढि व्यवसायिक व्यक्तिहरुको लगानीमा यो कम्पनी स्थापना भएको हो । कम्पनीले कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्याउन कृषि मुल्य श्रृङखलाको अवयवहरुमा काम गर्दे आइरहेको जनाएको छ । कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले नीजि क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हुनेछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved