रेटिङ कम्पनी इक्रा नेपालले ५१ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2021 | 12:44:50 PM मा प्रकाशित

laxmi  sunrise bank

रेटिङ कम्पनीले इक्रा नेपाल लिमिटेडले साधारणसभासभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २९ गते दिउँसो २ बजे अलोफ्ट होटेलमा सभा आह्वान गरेको हो 

कम्पनीले सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र ३१.३२३२ प्रतिशत नगद लाभांश गरि कुल ५१.३२३२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक ७६/७७ को मुनाफाबाट १५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५१.४९५१५७५ प्रतिशतको दरले नगद लाभांश गरि कुल २०१.४९५१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

त्यस्तै सभामा अध्यक्षकोप्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक तोक्ने, संचालक समितिका सदस्यको भत्ता बढाउन स्वीकृति दिने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कुनै फेरबदल गर्नु पर्ने भए सो अधिकार संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved