मुक्तिनाथ विकास बैंकको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 11:46:13 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  को पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले मङ्सिर २५ गते शनिवार आर्थिक वर्ष ७७/७८ को साधारणसभा गरेको हो ।

साधारणसभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ ।  बैंकको साधारणसभाले आर्थिक बर्ष ७७/७८ को मुनाफाबाट १७.५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.९२५ प्रतिशत नगद लाभांश गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रहेको छ। लाभांश वितरणपछि मुक्तिनाथको चुक्तापुंजी ५ अर्ब ६५ करोड पुग्नेछ।   

साधारणसभामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा मन्तव्य राखेका थिए  । साधारण सभामा अध्यक्ष भरतराज ढकालले सञ्चालक समितिको तर्फबाट आ.व. २०७७÷०७८ को वार्षिक प्रतिवेदन प्रस्तुतगरेका थिए । उक्त प्रतिवेदन उपर सेयरधनीहरुबाट  आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए।

  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved