न्यादी हाइड्रोको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 02:42:50 PM मा प्रकाशित

laxmi  sunrise bank

न्यादी हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २८ गते बानेश्वर स्थित आफ्नो केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा सामान्य प्रस्ताव अन्तर्गत संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस अनुसार आ.व. २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन्। त्यस्तै विशेष प्रस्ताव अन्तर्गत निमावलीको नियम ८(२) र (३) संशोधन गर्ने प्रस्ताव पेश हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved