छिमेक लघुवित्तको साधारणसभा आह्वान, डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यहरु गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2021 | 08:25:55 AM मा प्रकाशित

laxmi  sunrise bank

छिमेक लघुवित्त Chhimek Laghubitta Bittiya Sanstha  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते शुक्रबार मकवानपुरको हेटौडा स्थिति होटेल सामना प्रालिमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव प्रस्ताव हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २७ प्रतिशतले हुन् आउने ४९ करोड ४१ लाख  रुपैयाँ बराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने ५  करोड ४९  लाख नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८३ करोड  रहेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ७ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 


यस्ता छन् सभामा पेश हुने प्रस्ताव 

(क) सामान्य प्रस्ताव :

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

३) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागी लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने।

४) सञ्चालक समितिले सिफारिस गरे बमोजिम आ.व.२०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.१,८३,००,००,०००/- (अक्षरेपी एक अर्ब त्रियासी करोड) को ३ प्रतिशतले हुन आउने रकम रु.५,४९,००,०००/(अक्षरेपी पाँच करोड उनन्पचास लाख मात्र) नगद लाभांश (वोनश शेयरमा लाग्ने कर समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने ।

५) सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ (एक) जना सञ्चालकको निर्वाचन गर्ने ।

विशेष प्रस्ताव 

१) सञ्चालक समितिबाट सिफारिश भए बमोजिम आ.व.२०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.१,८३,००,००,०००/- (अक्षरेपी एक अर्व त्रियासी करोड रुपैया मात्र) को २७ प्रतिशतका दरले हुन आउने र कम रु. ४९,४१,००,०००/- (अक्षरेपी उनन्पचास करोड एकचालिस लाख मात्र) बराबरको बोनश शेयर जारी गरी वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी रु.२,३२,४१,००,०००/- (अक्षरेपी दुई अर्व बत्तिस करोड एकचालिस लाख रुपैया मात्र पुयाउने सम्बन्धि प्रस्ताव स्वीकृत गर्ने ।

२) वित्तीय संस्थाले अन्य ईजाजतपत्र प्राप्त “घ” वर्गका एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर / प्राप्ती (Merger/Acquisition) गर्न उपयुक्त देखिएमा सो सम्वन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने ।

३) नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यहरु गर्न प्रवन्धपत्रको दफा ४ खण्ड कड) थप गर्ने ।

४) सञ्चालकहरुको बैठक भत्ता तथा अन्य सुविधाहरु वृद्धि थप गर्ने र सोहि बमोजिम नियमावलीको सम्बन्धित दफा संशोधन गर्ने।

५) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीका केही दफा नियमहरुको संशोधन स्वीकृत गर्ने जारी र चुक्ता पूँजी वृद्धि गर्ने एवं अन्य दफा तथा नियमहरुमा आवश्यक संशोधन गर्ने तथा उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक संशोधन परिमार्जन गर्न सञ्चालक समिति (वा सञ्चालक समितिले तोकेको पदाधिकारी) लाई अधिकार दिने ।

(ग) विविध

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved