तेह्रथुम पावरको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 08:34:14 AM मा प्रकाशित

laxmi  sunrise bank

तेह्रथुम पावरले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २८ गते बुधबार होटेल हार्दिकमा सभा आह्वान गरेको हो ।   

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिनसक्ने छन् । कम्पनीले लाभांश घोषणा गरेको छैन । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

आ.व. २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने सम्बन्धमा । लेखा परिक्षण प्रतिवेदन सहितको आषाढ ३१, २०७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गर्ने सम्बन्धमा । कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । कम्पनी ऐनको दफा ७८ बमोजिमको विवरण सम्बन्धमा । रिक्त संचालक समिति सदस्यको निर्वाचन / मनोनयन सम्बन्धमा। संचालक समितिको लागि निर्वाचन अधिकृतको चयन सम्बन्धमा । उपरोक्त प्रस्तावहरु स्वीकृती एवम् अभिलेखको लागि पेश गर्दा नियमनकारी निकाय वा कार्यालयबाट कुनैपनि बिषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने बारे । विविध।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved