चिलिमेको साधारणसभा आह्वान, यस्ता छन् ६ बुँदे प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 08:48:12 AM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते शुक्रबार महाराजगंज स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।   

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

१.सञ्चालक समितिको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने वारे।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ साल आषाढ मसान्तको वासलात र आ.व. २०७७/०७८ को नाफा/ (नोक्सान हिसाव तथा नगदप्रवाह विवरण (सम्बद्ध अनुसूचीहरू समेत) उपर छलफल गरी पारित गर्ने वारे।

३. आ.व. २०७४/०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने वारे।

४. सञ्चालक समितिबाट सिफारिश भए बमोजिम साधारण सभा गर्दाको मितिमा कायम रहेको चुक्ता पूँजीको आधारमा आ.व. २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट ७.५% नगद लाभांश वापत रू.४७१०,५५,४४२/४६ (नियमानुसार सेयरधनीले तिर्नु पर्ने कर समेत बितरण गर्ने स्वीकृति सम्बन्धमा।

विशेष प्रस्तावः

१. कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने।

२. सञ्चालक समितिबाट सिफारिश भए बमोजिम आ.व. २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट साधारण सभा गर्दाको मितिमा कायम रहेको चुक्ता पूँजीको ७.५% ले हुन आउने रकम रू.४७,१०,५५,४४२/४६ वरावरको वोनश शेयर बितरण गर्ने स्वीकृति सम्बन्धमा। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved