नेपाल एसबिआई बैंकको साधारणसभा आह्वान, मर्जरको अख्तियारी संचालक समितिलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 05:09:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २० गते मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.८१ प्रतिशत नगद लाभांश गरि कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।   हाल कम्पनीको चुक्ता पुंजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार रहेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् सभामा पेश हुने प्रस्ताव : 

क) सामान्य प्रस्ताव :
१. आ.व. २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७७/७८ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७/७८ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७७/७८ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।

४.संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु. १७,१८,३३,७५९.७५ बराबर (चुक्ता पूँजीमा १.८१ प्रतिशतका दरले) नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

५. बैंकको लेखापरीक्षण समितिले सिफारिस गरे अनुसार आ.व.२०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।

६. सर्वसाधारण शेयरधनी समूहको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको निर्वाचन गर्ने ।

विशेष प्रस्ताव 

१. बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु.३३,२२,७५,२२६.०३ बराबर (चुक्ता पूँजीमा ३.५० प्रतिशतका दरले) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

२. विशेष प्रस्ताव नं. १ बमोजिम कम्पनीको जारी तथा चुक्ता पूँजीमा परिवर्तन गर्नुपर्ने भएका कारण तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र कम्पनी ऐन, २०६३ मा भएको व्यवस्थाको अनुपालना गर्नका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफा/नियममा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

३.बैंकले आ.व. २०७७/७८ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्न गरिएको खर्च रु. १,२१,१३,९२२.१७ कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमा नाघेको हुँदा सो अन्तरगत भएको खर्च रु. १,२१,१३,९२२.१७
लाई अनुमोदन गर्ने ।

४. बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने /गराउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्ने/गराउने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने।

५. नियामक निकायहरुको निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न आवश्यक र उपयुक्त भएमा सो कार्यका लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने ।

६. विविध (अध्यक्षज्यूको अनुमतिमा)।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved