माउन्टेन इनर्जी नेपालको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2021 | 10:18:34 AM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन इनर्जी नेपालले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २५ गतेको लागि साधारणसभाको मिति तय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

कम्पनीले सभामा आठौ वार्षिक साधारण सभाको लागि संचालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखा परिक्षकको प्रतिवेदन, सहित २०७८ आषाढ मसान्त सम्मको वासलात, आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्वद्ध अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस कम्पनीको आ.व. २०७८/०७९ को लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छ ।

कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved