विजय लघुवित्तको साधारणसभा आह्वान, मर्जरको प्रस्ताव पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2021 | 08:46:30 AM मा प्रकाशित

laxmi  sunrise bank

विजय लघुवित्त वित्तीय सँस्थाले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २४ गते शनिवार गैडाकोट स्थित गैडाकोट रिसोर्टमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक बर्ष २०७७-७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५४ प्रतिशत नगद लाभांश गरि कुल २१.०८५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरे पश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ। हाल लघुवित्तको चुक्तापुंजी २६ करोड ६५ लाख ९७ हजार ४८५ रुपैयाँ रहेको छ। लाभांश वितरण पश्चात चुक्तापुंजी ३२ करोड पुग्नेछ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तवित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव  :

(क) सामान्य प्रस्ताव तर्फः

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो उपर छलफल गरी पारित गर्ने।

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा सामाप्त आ.व. ०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।

३) सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम २१.०९ (दशमलव पछि दुई अंकमा शुन्यान्तर गरिएको) प्रतिशत लाभांशमध्ये १.०६ (दशमलव पछि दुई अंकमा शुन्यान्तर गरिएको) प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) स्वीकृत गर्ने ।

४) बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस मुताविक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (साविकका आर एण्ड एसोसियट्सका सिए रविन्द्र श्रेष्ठले लगातार तिन आ.व. को लेखापरीक्षण कार्य सम्पन्न गर्नु भएकाले पुनः नियुक्त गर्न नसकिने)

५) संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद ४ (चार) को निर्वाचन गर्ने ।

 
(ख) विशेष प्रस्ताव तर्फ:

१) सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम २०७८ असार मसान्तमा कायम चुक्ता पूँजी रू. २६,६५,९७,४८५ को २०.०३ (दशमलव पछि दुई अंकमा शुन्यान्तर गरिएको) प्रतिशतका दरले हुन आउने रू. ५,३४,०२,५१५/- (अक्षरेपि पाँच करोड चौतिस लाख दुई हजार पाँच सय पन्ध्र मात्र) बोनस शेयर वितरण गर्ने।

२) वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी रू. ३२,००,००,०००।- (अक्षरेपि बत्तिस करोड मात्र) पुयाउने गरी बृद्धि गर्ने र तदनुरुप हुने गरी प्रबन्धपत्रको सम्बद्ध दफामा संसोधन गर्ने ।

३) नियमावलीको नियम ३२ (१) को (क), (ख), र (ग) को अ, आ, इ, ई संसोधन गर्ने साथै (घ) थप गर्ने ।

४. यस वित्तीय संस्थाले अन्य कुनै वित्तीय संस्था प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभिने (Merger) प्रयोजनको लागि आवश्यक भए उपसमिति गठन गरी उपयुक्त वित्तीय संस्थाको पहिचान र छनौट गर्ने समझादारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्यांकन (Due Diligence Audit) गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने, नीजहरुको पारिश्रमिक तोक्ने तथा प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभिने (Merger) सँग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पूरा गरी अख्तियार प्राप्त निकायहरुबाट अन्तिम स्वीकृत लिने तथा सो सन्दर्भमा नियमक निकायहरुबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने ।

५) प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधन/थप उपर नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा, सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved