१० वटा ब्रोकरको लगानी रहेको नेपाल डिपीले शतप्रतिशत हकप्रद बिक्रि गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2021 | 09:03:44 AM मा प्रकाशित

laxmi  sunrise bank

 १० वटा ब्रोकर कम्पनीहरुको लगानी रहेको नेपाल डिपी लिमिटेडले शतप्रतिशत हकप्रद बिक्रि गर्ने भएको छ  । नेपाल डिपी लिमिटेडले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशनको प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ  । 

कम्पनीले पुस २३ गते शुक्रबार पुतलीसडक स्थित आफ्नै कार्यालयमा  सभा आह्वान गरेको हो  । सभामा साधारण प्रस्ताव अन्तर्गत अध्यक्षको मन्तव्य तथा संचालक समितिको पाँचौ वार्षिक प्रतिवेदन पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु पारित गर्ने , कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७२ को लागि
लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ। 

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत संचालक समितिले प्रस्ताब गरे बमोजिम एक वरावर एक (१:१) हकप्रद शेयर जारी गर्ने र हकप्रद शेयर जारी गर्दा अन्य आवश्यक कुरामा फेर बदल गर्नुपर्ने भएमा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ ।

यस कम्पनीमा ब्रोकर नम्बरहरु  १, ७, १०, ११, १३, १९, २१, २२, २५ र ४७ को लगानी छ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved