समीट लघुवित्तको साधारणसभा आह्वान, एफपीओ निष्काशन सहितका १० प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2021 | 09:40:58 AM मा प्रकाशित

laxmi  sunrise bank

समीट लघुवित्त वित्तीय सँस्थाले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २४ गते शनिवार तनहुको आबुखैरेनी पार्टी प्यालेसमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष  २०७७-०७८ बाट आफ्ना सेयरधनीहरुलाई २५.२८५३१६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। लघुवित्तले हाल कायम चुक्तापुंजी ३९ करोड ४३ लाखको २५.२८५३१६ प्रतिशतले हुन आउने ९ करोड ९७ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो। साधारणसभाले पारित गरे पश्चात उक्त सेयरधनिहरुमा लाभांश वितरण हुनेछ। बोनस सेयर वितरण पश्चात समिटको चुक्तापुंजी ४९ करोड ४० लाख पुग्नेछ।  समीट लघुवित्त र सजिलो लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भएर २०७७ साल असोज ६ गतेदेखि एकीकृत कारोबार समेत भईसकेकाले घोषित लाभांशमा लाग्ने कर छुट हुनेछ।  

कम्पनीले सभामा  एफपिओ निष्काशन प्रस्ताव समेत लैजाने छ । कम्पनीले सात लाख एकाउन्न हजार सात सय बाह थान कित्ता साधारण शेयर प्रिमियममा थप सार्वजनिक निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

सामान्य प्रस्ताव: 

१. अध्यक्षको मन्तव्यसहितको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण एवम् लेखा सम्बन्धी नीतिहरु सहितको तत् सम्बन्धी अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.ब. २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा।

४. लेखा परीक्षकको पारिश्रमिक वापतको खर्च अनुमोदन गर्ने सम्बन्धमा।

विशेष प्रस्ताव : 

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम संस्थाको चुक्ता पूँजी रु. ३९,४३,००,000100(अक्षरुपी उन्चालिस करोड वीचालिस लाख रुपैया मात्र) को २५.२८५३१६ प्रतिशतले हुन आउने रकम रु. ९.९७,००,०००।०० (अक्षरुपी नौ करोड सन्तानब्बे लाख मात्र बोनस शेयर पारित गर्ने र वोनस शेयर जारी पारित गर्ने सम्बन्धमा।

२. सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेड र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने गाभिने (मर्जर) र वोनस शेयर वितरण पश्चात संस्थापक शेयर र सर्वसाधारण शेयर पूंजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको ७,५१,७१२ (सात लाख एकाउन्न हजार सात सय बाह थान कित्ता साधारण शेयर प्रिमियममा थप सार्वजनिक निष्काशन (Further Public Offering) को माध्यमबाट शेयर जारी गर्ने र उक्त कार्यको लागि नियमनकारी निकायको निर्देशन बमोजिम संस्थाको प्रबन्धपत्र, नियमावली संशोधन लगायत अन्य सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने सम्बन्धमा।

३. समीट लघुवित्त वित्तीय संस्था लि. र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने (Merger) वा प्राप्ति (Acquisition) गर्ने तथा गाम्ने गाभिने वा प्राप्तिसंग सम्बन्धित प्रचलित कानन तथा निर्देशनहरु अनुरुप गर्नपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा ।

४. वित्तीय संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा स्थानान्तरण गर्ने सम्बन्धमा ।

५. सञ्चालक समितिको सेवा स्विधा परिमार्जन गर्ने सम्बन्धमा ।

६. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यकता अनुसार संशोधन गर्ने र संशोधनमा नियमनकारी निकायहरुबाट कनै परिमार्जन फेरवदल गर्न सुझाव तथा निर्देशन प्राप्त भएमा सो अनुरुप कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved