खप्तड लघुवित्तको साधारणसभा आह्वान, आईपिओ निष्काशन सहितका यस्ता छन् ८ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2021 | 09:06:59 AM मा प्रकाशित

laxmi  sunrise bank

 खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २४ गते शनिवार अत्तरियाको होटेल नमस्तेमा सभा आह्वान गरेको हो ।  

सभामा आईपिओ निष्काशन गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आईपिओ निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिसकेको छ ।कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी रु.४ करोड रहनेछ । खप्तडको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी रु.२ करोड ६८ लाख रहेको छ  ।

यस्ता छन् कम्पनीको स्वाहामा पेश हुने प्रस्ताव : 

 सामान्य प्रस्ताव:

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यू द्वारा प्रस्तुत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने ।

२. लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व. ०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाहको विवरण तथा सम्बन्धित अनुचिहरु पारित गर्ने ।

३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७०/७१ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा कम्पनी ऐन २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरिक्षक श्री वस्याल एण्ड एशोसियट्स चार्टड एकाउन्टेण्ट्स पुन. नियुक्ति हुन योग्य हुनुहुन्छ।।

४) सर्वसाधारणको लागि शेयर (IPO) निष्काशन गर्ने ।

 विशेष प्रस्ताव

१ वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा ।
२. यस वित्तीय संस्थामा अन्य लघुवित्त वित्तीय संस्था वा अन्य लघुवित्त वित्तीय संस्थामा यस वित्तीय संस्था गाभ्ने गाभिने वा प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा मर्जर प्राप्ति समितिको गठन गर्ने, उपयुक्त संस्था संग सम्झौतापत्रमा हस्ताक्षर (Memorandum Of Understanding) गर्ने, सम्पती तथा दायित्वको मुल्यांकन (Due Diligence Audit) गर्ने गराउने, शेयर आदन प्रदान अनुपात तय गर्ने, गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता गर्ने लगायतका आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

३. यस वित्तीय संस्थाको आ.व. २०७६/७७ र २०७७/७८ मा भए गरेका कारोबार तथा सम्पूर्ण काम कारबाहीहरुको अनुमोदन गर्ने सम्बन्धमा।

४. वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीको संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सो बमोजिम आवश्यकतानुसार थपघट, परिमार्जन, संशोधन र सच्याउन बित्तीय संस्थाको सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved