उन्नति सहकार्य लघुवित्तको साधारणसभा आह्वान , एफपिओ निष्काशन सहितका ९ प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2021 | 10:25:57 AM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २८ गते बुधबार भैरहवाको होटेल मौर्यामा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ३० प्रतिशतले हुन आउने ५ करोड २८ लाख ५० हजार ९ सय ११ रुपैयाँ ९१ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो  ।  कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात् उक्त लाभांश  लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै कम्पनीको सभामा एफपिओ निष्काशन प्रस्ताव पेश हुने छ। कम्पनीले  १,७८,४५,११८०३ (अक्षरुपी एक करोड अठहत्तर लाख पैंतालीस हजार एक सय अठार पैसा तीन मात्र) बराबरको एफपिओ निष्काशन प्रस्ताव गरेको हो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

सामान्य प्रस्तावहरु :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व.२०७७/७८ को प्रतिवेदन पारित गर्ने।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमा छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आ.व.२०७८/०७९ को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने ।

विशेष प्रस्तावहरु :

(१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम, २०७८ आषाढ मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको ३०% (तिस प्रतिशत) रु. ५,२८,५०,९११।९१ (अक्षरुपी पाँच करोड अट्ठाईस लाख पचास हजार नौ सय एघार रुपैयाँ एकाननब्बे पैसा मात्र) बोनस शेयर स्वीकृत गर्ने ।

(२) विशेष प्रस्तावको नं १ बमोजिम बोनस शेयर बाँडफाँटपश्चात् सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न रकम रु १,७८,४५,११८०३ (अक्षरुपी एक करोड अठहत्तर लाख पैंतालीस हजार एक सय अठार पैसा तीन मात्र) बराबरको पुन, सर्बसाधारणलाई धितोपत्रको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) जारी गर्ने प्रस्ताव पारित गर्ने।

(३) विशेष प्रस्तावको नं १ र २ बमोजिम बोनस शेयर बाँडफाँटपश्चात् तथा थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) जारीपश्चात्, पुँजी वृद्धि गरी जारी तथा चुक्ता पुँजी रु. २४,६८,६५,७३६।३२ (अक्षरुपी चौबीस करोड अठसठ्ठी लाख पैसठ्ठी हजार सात सय छतिस पैसा तीन दुई मात्र), अधिकृत पूँजी रु. ५०,००,००,०००।- (अक्षरुपी पचास करोड मात्र) कायम गर्ने र सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने।

(४) प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

(५) सञ्चालकको भत्ता तथा सुविधा बृद्धि गर्ने ।

(६) भविष्यमा वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय सस्थाहरुलाई गाभ्ने वा संस्थाहरुसंग गाभिने, गाभ्ने गाभिने (Merger) वा प्राप्ति गर्ने प्राप्ति हुन जाने (Acquisition) प्रयोजनार्थ उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण कारबाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved