याक एण्ड यति होटेलको साधारणसभा आह्वान, बोनस शेयर प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2021 | 11:03:58 AM मा प्रकाशित

laxmi  sunrise bank

याक एण्ड यति होटेलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते शुक्रबार सभा आह्वान गरेको हो ।

कम्पनीको मङ्सिर २ गते बसेको संचालक समितिको बैठकले बोन शेयर प्रस्ताव गरेको र सो प्रस्ताव छलफल गरि पारित गर्ने कम्पनीको सूचनामा उल्लेख छ । तर सूचनामा कति बोनस प्रस्ताव गरिएको हो भन्ने उल्लेख छैन । त्यस्तै सभामा आर्थिक वर्ष ७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह बिवरण पारित गर्ने, स्वतन्त्र संचालक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश हुने उल्लेख छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

नेप्सेमा कम्पनीको २२ लाख ९ हजार २ सय ८ कित्ता शेयर सुचिकृत रहेको छ । तर १५ वर्षदेखि कम्पनीको शेयर कारोबार भएको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved