ब्रोकर नम्बर २८ ले १५८ प्रतिशत लाभांश दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2021 | 08:48:21 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर नम्बर २८ श्री कृष्ण सेक्युरिटिजले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २७ गते ११ बजे डिल्लीबजार स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको हो ।

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले १५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद गरि कुल १५८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । 

सभामा पेश हुने अन्य प्रस्तावमा संचालक समितिको आर्थिक वर्ष ७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियमनकारी निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छन् । 

ब्रोकर कम्पनीहरु पब्लिक लिमिटेडको रुपमा दर्ता हुनु पर्ने ब्यबस्था छ । तर केहि मात्र पब्लिक लिमिटेडमा गएका छन् । पब्लिकमा गए पनि सर्वसाधारणमा शेयर जारी गर्न भने अनिवार्य छैन । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved