युनियन हाइड्रोपावरको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2021 | 10:24:27 AM मा प्रकाशित

laxmi  sunrise bank

युनियन हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २७ गते भर्चुअल माध्यमबाट सभा  गर्ने निर्णय गरेको हो । 

कम्पनीको सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आ.व.२०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने , लेखा परीक्षणको प्रतिवेदन सहित आ.व.२०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु माथी छलफल तथा स्वीकृत गर्ने , आ.व.२०७८/०७९ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र प्रबन्ध संचालकको नियुक्ती र पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २० गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्ने छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved