इन्फिनिटी लघुवित्तको साधारणसभा आह्वान, अधिकृत पुँजी १ अर्ब पुर्याउने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2021 | 10:58:18 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्फिनिटी लघुवित्त Infinity Laghubitta Bittiya Sanstha ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २७ गते मंगलबार गैडाकोटको होटेल द नारायणीमा सभा आह्वान गरेको हो । 

सभामा  लाभांश सहितक  विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट कम्पनीले नेपाल एग्रो लघुवित्तलाई गाभेपछि कायम हुने चुक्ता पुंजीको २७.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४६ प्रतिशत नगद लाभांश गरि कुल २९.१६  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  नेपाल एग्रो लघुवित्तलाई गाभेपछि हाल कम्पनीको चुक्ता पुंजी ३२ करोड ४६ लाख  रहेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश  लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् सभामा पेश हुने प्रस्ताव : 

 साधारण प्रस्तावहरु:

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात,आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू (अनस्चीहरू समेत) छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३) सञ्चालक समितिको प्रस्ताव बमोजिम (नेपाल एग्रो लघवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात कायम रहेको) आ.व. २०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पुंजी रु. ३२,४६,०३,४७२ को १.४६ प्रतिशतले हुन आउने रु. ४७,३२,०९५.४१ बराबरको नगद लाभांश (बोनश शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि) पारित गर्ने । (नेपाल राष्ट्र बैंकको मिति २०७८ पौष ५ गतेको प्राप्त सहमति बमोजिम इन्फिनिटी लघवित्त वित्तीय संस्थाको रु. ३८,५१,१०३.०१ र साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको रु
८,८०,९९२.४० गरी जम्मा रु.४७३२,०९५.४१ नगद लाभांश)।

४) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । (वर्तमान लेखा परीक्षक श्री डि. कमार एण्ड एशोसियट्स चाटर्ड एकाउन्टेन्ट्स पुन: नियक्तको लागि योग्य हुनु हुन्छ ।)

५) यस वित्तीय संस्थाको सञ्चालक समितिमा संस्थापक समहबाट प्रतिनिधित्व गर्न ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव

१) यस संस्थाको हाल कायम रहेको अधिकृत पूंजी रु. ५० करोडलाई बृद्धि गरी १ अर्ब पुराउने सम्बन्धी प्रस्ताव पारित गर्ने सम्बन्धमा ।

२)सञ्चालक समितिको प्रस्ताव बमोजिम चुक्ता पुंजी रु. ३२,४६,०३,४७२ को २७.७० प्रतिशत हुन आउने रु. ८,९९,०९,८१२.७३ बराबरको बोनश शेयर वितरण गर्ने निर्णय गरी सो सम्बन्धमा प्रबन्धपत्रमा आवश्यक संशोधन सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा । (नेपाल राष्ट्र बैंकको मिति २०७८ पौष ५ गतेको प्राप्त सहमति बमोजिम इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको रु. ७,३१,७०,९५७.२१ र साविक नेपाल एग्रो लघवित्त वित्तीय संस्थाको रु. १,६७,३८,८५५.५२ गरी जम्मा रु.८,९९,०९,८१२.७३ बोनश शेयर लाभांश) । संस्थाको प्रस्तावित बोनश शेयर पश्चात जारी पुंजी र चुक्ता पुंजी बृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्ने सम्बन्धमा ।

३ )संस्थाको प्रबन्धपत्रको दफा २(१), दफा ५ (त)(थ), दफा ६ (क), (ख), (ग), नियमावलीको नियम २ (१) मा संशोधन तथा थप गरी अद्यावधिक गर्ने सम्बन्धमा ।

४)संस्थाले एक वा एकभन्दा वढी उपयुक्त लघवित्त संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने सो को आधारमा सैद्धान्तिक स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा मर्जर र एक्विजिसन सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा।

५)संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने । प्रस्तावित संशोधनहरूमा नियमनकारी निकायहरूले संशोधन. थपघट, समायोजन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved